कोहलपुर नगर कार्यपालिकामा नेपाली कांग्रेसको एकल बहुमत



कोहलपुर ।

बाँकेस्थित कोहलपुर नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा नेपाली कांग्रेसको प्यानल निर्वाचित भएको छ । आठजना कार्यपालिका सदस्य निर्वाचनका लागि बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको हो ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच सदस्यका लागि निर्वाचन भएको थियो ।

जसमा नेकपा एमाले पराजित भएको छ । कोहलपुर नगरपालिका कार्यपालिका सदस्यको निर्वाचनमा दलित तथा अल्पसंख्यकतर्फ ईश्वरीप्रसाद विश्वकर्मा, भुपबहादुर दर्जी र नरेश वान्तवा राई तथा महिलातर्फ अनिता विसीकेसरकुमारी रावत, सुनिताकुमारी राना विष्ट, पवित्रा थारु र सुनिता सुनार निर्वाचित भएका हुन् ।

निर्वाचित आठैजनाले कुल ७७ मतदातामध्ये समान ५४ मत प्राप्त गरे । कार्यपालिका सदस्य निर्वाचनमा नेपाली कांग्रेसका ४८ जनाले मतदान गरेका थिए ।

स्थानीय तह निर्वाचनमा एक्लाएक्लै निर्वाचन लडे पनि सदस्य निर्वाचनमा नेपाली कांग्रेलाई नेकपा माओवादी केन्द्रले सहयोग ग¥यो । यता नेकपा एमालेका पाँचजनाले उम्मेदवारले २३ मत प्राप्त गरे । यो सँगै कोहलपुरमा नगर कार्यपालिकाले पूर्णता पाएको छ ।

कार्यपालिका नेपाली कांग्रेस एकल बहुमतमा पुगेको छ । कांग्रेसका कुल ५६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । उसका कार्यपालिकामा प्रमुख र उपप्रमुखसहित कुल १९ जना, नेकपा एमालेका चार र नेकपा माओवादी केन्द्रका दुईजना सदस्य संख्या रहेको छ । नगरपालिकाको कार्यपालिका कुल २५ सदस्यीय र कुल निर्वाचित जनप्रतिनिधि ८५ जना भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २१ गते शनिबार