नेपालगन्जबाट लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ



बाँके ।

नेपालगन्जबाट लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१४ का २६ वर्षीय पोहरन खटिक र बैजनाथ गाउँपालिका–५ का ३० वर्षीय भरत थारु पक्राउ परेका हुन् ।

चार ग्राम सात सय १० मिलिग्राम ब्राउनसुगरसहित वडा प्रहरी कार्यालय नेपालगन्जले उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका–१४ उदयपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालयले जनाएको
छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार