16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

तिलाको विकास र समृद्धिको लागि मेरो उम्मेदवारी : बुढा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १५, २०७९  

विजय रावत ,जुम्ला : यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट तिला गाउँपालिकाको उपाध्यक्षमा पुर्व जनमुक्ति सेनाका कमान्डर समेत रहनु भएकी तथा युवा नेत्रृ कल्पना बुढाले उम्मेदवारी दिएकी छन् ।

उम्मेद्वारी दर्तासँगै बुढा उत्साहपूर्वक जनताको घरदैलोमा भोट माग्न थालिसकेको उनले बताइन् । तिला गाउँपालिकाको विकासको लागी मेरो उम्मेदवारी हो बुढाले भनिन् “ जनयुद्धकालदेखि पार्टीको राजनितिकमा सक्रिय छु । सोही ध्यानले पार्टीले उपाध्यक्ष पदमा उम्मेदवारी बनाएको छ । तिलाका नागरिकको हितमा सदै लाग्ने र जनसेवा र जनचाहान अनुसार काममा मेरो प्रतिवद्धता रहेको बताइन् ।


विद्यार्थीकालदेखी माओवादीको राजनीतिमा सक्रिय हुँदै युवा पुस्ताका प्रभावशाली,उर्जावान र जनप्रिया छवि बनाएकी युवा नेत्रृ बुढाले तिलाको समग्र विकास र समृद्धिको लागि उपाध्यक्ष पदमा खडा भएको जानकारी दिइन् । पार्टीको अवश्यकता अनुसार मैले परिवर्तन दुष्टिकोण सहितको सफल नेतूत्व दिन तिलाको उपाध्यक्षमा मेरो उमेदवारी रहेको बताइन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्र तिलाले चुनावी प्रचारप्रसारको कामलाई तिब्र बननाइरहेको छ । माओवादीबाट तिलाको अध्यक्ष उमेदवार मोतिलाल रोकाया र उपाध्यक्ष कल्पना बुढा सहितको टोलीले घरदैलो अभियान सुरु गर्ने भएका छन् । उपाध्यक्ष बुढाले तिला –१ रारा गाउँबाट घरदैलो सुरु गरेको जानकारी दिए । घरदैलो काक्रममा उमेदवारलाई स्थानीयले बधाई र शुभकामना समेत दिएकाछन् । उपाध्यक्ष उमेदवार महिला पाएपछि स्थानीयमहिलाहरु उत्साहित देखिएकाछन् । उनीहरुले महिलाको समस्या समाधानको लागि नेतृत्व तहमा महिलानै हुनुपर्ने भन्दै उपाध्यक्ष उम्मेदवार बुढालाई जीतको लागि शुभकामना दिएकाछन् । बुढा तिला – १ रारा निवासी हुन ।

तिलामा १९९ जनाको उम्मेदवारी

स्थानीय तहको निर्वाचनका तिला गाउँपालिकाबाट १९९ जनाको विभिन्न पदमा उम्मेदवारी परेको छ । गाउँपालिको निर्वाचन कार्यालयका अनुसार पालिकाको अध्यक्षमा ६ र उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।वडाध्यक्षमा ४७, महिला वडा सदस्यमा ३८, दलित महिला सदस्यमा २५ र खुला सदस्यमा ७५ जनाको उम्मेदवारी परेको तिला गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख १५, २०७९     7:02:55 PM  |