सल्यान ।
सल्यानमा गएराती बसुलो प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
श्रीमतीको हत्या गर्नेमा कुमाख गाउँपालिका वडा नं. ५ तिमिलेका ४७ वर्षका कबिराम खडका रहेको प्रहरीले बताएको छ । उनले ४२ वर्षीया श्रीमती कली खडकालाई धारिलो हतियार बसुलो प्रहार गरी हत्या गरेका हुन् ।
अत्यधिक मदिरा सेवन गरेका खडकाले घरायसी विवाद हुँदा श्रीमतीलाई बसुलोले टाउको र घाटीमा प्रहार गरी हत्या गरेको सल्यान प्रहरीले बताएको छ ।
अहिले खडकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित मिति : २०७८ कात्तिक ३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्