‘कोभिड–१९ तेस्रो लहरको उच्च जोखिम छ’



बाँके जिल्लामा तेस्रो लहरको संभावित जोखिमको सम्भावना प्रबल बन्दै गएको छ । पहिलो र दोस्रो चरणमा हटस्पट नै बनेको बाँकेमा तेस्रो लहरको पनि उच्च जोखिम रहेको छ ।पछिल्ला केही दिनयता लगातार कोरोना संक्रमित थपिनुका साथै कोरोना संक्रमितको मृत्यु समेत हुन थालेको छ ।कोभिड अस्पतालमा सक्रिय कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ । पछिल्लो समय जिल्लाका अन्य पालिका भन्दा कोहलपुर नगरपालिकामा दैनिक दर्जनौँ नयाँ कोरोना संक्रमित थपिएका छन् । यहाँ पनि सक्रिय कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । त्यसैले पनि कोहलपुर संभावित तेस्रो लहरको उच्च जोखिममा रहेको छ । कोहलपुर नगरपालिकाले समेत तेस्रो लहरको पूर्व तयारी गरिरहेको जनाएको छ । नगर स्वास्थ्य शाखाले वडाका सम्पूर्ण क्षेत्र र नाका क्षेत्रमा समेत पूर्वतयारी गरिरहेको जनाएको छ । कोहलपुरको केन्द्रको रुपमा रहेको वडा नम्बर ११ मा समेत तयारी तीव्र पारिएको छ ।वडा नम्बर ११ ले त टोल टोलमा स्वयमसेवक परिचालन गरेको छ । अर्कातिर कोहलपुर कोरोनाको खोप लगाउने कार्यक्रम समेत चलिरहेको छ । कोहलपुरमा संभावित तेस्रो लहरको पूर्वतयारी, रोकथाम तथा नियन्त्रणको उपाय लगायातका विषयमा मिसनकर्मी प्रज्ञा अर्यालले कोहलपुर नगरपालिकाका कोरोना फोकल पर्सन गेहराज खनालसँग गरेको कुराकानीको सम्पादित अंश :

१. कोहलपुर नगरपालिका कोरोना संक्रमणको सम्भावना कत्तिको छ ?

सर्वप्रथम त कोरोनाको बारेमा केही कुरा राख्ने मौका दिनु भएकोमा धन्यवाद । कोभिड महामारी पहिलो र दोस्रो चरणलाई पार गर्दै अहिले नै नेपाल सरकारले तेस्रो तेस्रो लहर सम्भावना देखिन्छ । अहिले नै तेस्रो चरणको कोरोना संक्रमित भित्रिसकेको त छैन । तर यसको सम्भावना भने धेरै पर छैन । हाम्रो दैनिकी र व्यवहार अनुसार तेस्रो लहरको सम्भावना देखिन्छ । तेस्रो लहर यस्तो किसिमले आउने सम्भावना छ । कि दिनानुदिन यसको रुप परिवर्तन गर्दै आइरहेको छ । पछिल्लो समय देखा परेको डेल्टा भाइरस भनेर यही भाइरस जुन कोरोना भाइरस भनिएको हो । यसले रुप बदल्दै आउने क्रम भएकाले फेरि पनि नयाँ रुप आएर जनधनको क्षति गर्न सक्ने चेतावनी दिइएको छ । हाम्रो सरकार यसमा निकै सचेत हुनुपर्ने देखिन्छ । तेस्रो लहर आउन नदिन सबै एक जुटभएर लाग्नुपर्छ ।

२. पहिला र अहिलेको कोरोना भाइरसको भेरियन्टमा के फरक छ नी ?

पहिलो चरणको कोरोनाको समयमा दीर्घरोगीलाई विशेष असर गरेको थियो । यसको दोस्रो लहरसम्म आइपुग्दा फेरी ५५ वर्ष माथिका र जोखिमपूर्ण अवस्थामा रहेको समूहका मान्छेलाई असर पारेको थियो । यतिबेला युवादेखि बृद्धबृद्धा सम्म प्रभावित भए । धेरैको कोरोना संक्रमणका कारण अकाल मृत्युभयो । अब तेस्रो चरणको कोरोना संक्रमणको समयमा तेस्रोमा चाहिँ बालबालिकालाई नै असर पार्ने अथवा अहिले पोजेटिभ देखिने अधिकांश केशमा सानो उमेरका केश बढी देखिएको हुनाले अब यो भाइरसले सानो उमेरको समूहको लागि पनि असर पार्न सक्छ है भनेर स्वास्थ्य मन्त्रालय ले सूचित बनाइरहेको अवस्था साथै विज्ञ डाक्टरहरुले र प्रमाणपत्रले पनि त्यही देखाइरहेको अवस्था छ । यो तेस्रो लहर त्यो उमेर भन्दा सानो उमेर समूहलाई अलि प्रभाव पार्न सक्ने बताइएको छ । यो समुहका मानिस बढी प्रभावित भएभने अवस्था भयावह हुन सक्ने देखिन्छ । किनकी हामीले खोप दिने लगाउने क्रममा वृद्ध देखि शुरु गरेका थियौँ । आयो सम्भावित खोपको कारणले पनि केही प्रोटेक्ट गर्नसक्छ सानो उमेरलाई दिन सकेको छैन र अहिले देखिने क्रम पनि सानो बालबालिकाको बढी असर पार्नसक्छ । अहिले खोप चल्दैछ ।

३. खोप लगाएमा पूर्ण सुरक्षित भइन्छ भन्ने आम बुझाइरहेको देखिन्छ । खोप लगाएमा कोरोना देखिन्छ कि देखिँदैन ?

खोप लगाइसकेपछि कोरोना नलाग्ने भन्ने बिल्कुल होइन किनभने खोपले प्रतिरोकथाम शक्ति क्षमता वृद्धि गर्ने हो। खोपलाई सकेपछि कोरोना लाग्छ तर कोरोना लागि सके पछि मान्छेको मर्ने दररेट कम हुन्छ भन्ने बारे विभिन्न अध्ययनहरुले देखाएको छ। खोप लाउँदैमा कोरोनानै हट्छ भन्ने होइन । जनमानसमा यो के छ भने मैले दुईवटा खोप लगाइसके अथवा एउटा लगाइसके मलाई केही हुन्न भनेर लापरबाही गरिरहेको अवस्था देखिन्छ । तर वास्तवमा त्यो होइन हामीले खोप लगाए पनि स्वास्थ्यमा मापदण्डहरु पूर्णरूपले पालन गर्नपर्छ । खोप नै सबै थोक होइन । लापरबाही गरेमा फेरी कोरोना संक्रमण हुनपनि सक्छ । तर एउटा कुरा के हो भने खोप एउटा माध्यम हो ,जोसँग रोग कम गर्नको रोगप्रतिरोधात्मक क्षमता हुन्छ । यदि कोरोना लागिसकेको छ भने पनि उसलाई यो अली गम्भीर किसिमको जटिल नआउन निमित्त र उसलाई मृत्युसम्म नपु¥याउनको निम्ति केही रोक्ने काम खोपले गरेको छ । यो चाहिँ तथ्य प्रमाणहरू र अध्ययनले देखाएको नै छ। हामीले रोगथामको निमित्त सबै समूहबीच लगाउन सके भने महामारी कन्ट्रोल गर्न सक्ने एउटा माध्यम हो तर यो लगाएपछि रोग नै लाग्दैन भन्ने कुरा त होइन।

४. सम्भावित तेस्रो लहर आइहाल्यो भने यसले के कति नोक्सान गर्ला, सम्भावना कस्तो देखिन्छ नी ?

अहिले नै ठ्याक्कै यति नोक्सान गर्छ भन्न सकिन्न । यो हामीले सोच्नुपनि हुन्न जस्तो लाग्छ मलाई । हामीले विगत इतिहासलाई अगाडि बढाउनु पर्दा महामारीको सम्भावना चाहिँ छ ।बालबालिकाहरुमा ज्वरो आएर विभिन्न लक्षणहरू लिएर आउँदा र उनीहरूको कोरोना परीक्षण गर्दा उनीहरु पोजेटिभ आउने डर पनि उत्तिकै छ । त्यसले मानिसमा झन डर पैदा गर्नेछ । त्यसो भएको हुनाले अहिलेदेखि नै हाम्रो आनीबानी बदल्न जरुरी देखिन्छ । हामीले खोप लगाएको भएपनि बालबालिकाले लगाएका छैनन् । त्यसैले तेस्रो लहरले पनि बालबालिकाहरुलाई असर गर्छ भनिएको छ । यसले गर्दा अहिलेको आवश्यकता भनेको सुरक्षित रहने र अरुलाई सुरक्षित रहन आग्रह गर्ने हो ।
कोरोना भाइरसले आफ्नो रूप बदलियो र डेल्टा भाइरस भन्ने भयो र पछि किन आउँछ भन्ने कुरा त अनुसन्धान भइरहेको विषय हो। यो रूप बदलिरहने भाइरस भएकाले पहिलो र दोस्रो लाई खोपले काम गरेपनि तेस्रोलाई नि गर्छ भन्ने छैन । त्यसैले यो नै हो भन्न सकिन्न पूर्व तयारी गर्नुपर्छ त्यही अनुसारको जनचेतना फैलाउन आवश्यक देखिन्छ । हामी सबैले जान्ने बुझ्ने समाजमा पत्रकार, सुरक्षाकर्मी ,कर्मचारी राजनीतिज्ञ वर्गले सही ढंगले आफ्नो गतिविधिहरु उनीहरुलाई व्यावहारिक रूपमा पालन गर्दिनु भयो भने पनि धेरै कुरामा सहज हुन्छ । अनि हामी त्यो स्थिति कम गर्न सक्छौँ । अन्यथा यसै लापरवाही गर्ने हो भने भयावह स्थिति हुनसक्छ।

५. स्रो लहरलाई आउन नदिन के गर्नुपर्ला कसरी सुरक्षित हुने बताइदिनुन ?

अब योबाट सुरक्षित हुन हामीले वडाहरुमा विभिन्न किसिमको संस्थाहरु छन् । राजनीतिक दल छन् बुद्धिजीवी छन् । यी सबै मान्छेलाई यस्तो महामारी नियन्त्रण गर्न सबै साझा रुपमा मिलेर नै समाधान गर्नुपर्छ। टोलको मान्छेहरुलाई जो–जो एक्टिभ हुनुहुन्छ । उहाँहरुलाई कोभिड–१९ सम्बन्धी सामान्य ज्ञान दिएर स्वयंसेवकहरु टोलटोलमा खटाइएको छ । यस्तो अवस्थामा जनचेतनाको लागि साथ साथै रहौँ । यति कसैलाई आफ्नो टोलमा कोभिड लाग्यो भने रेस्क्यु गरेर अस्पतालसम्म पुर्याउनुपर्छ । सहयोग गर्नका लागि टोलटोलमा हरेक स्वयंसेवक सेविकालाई तालिम दिएर पठाएका छौं। हामीले उहाँहरुलाई एउटा टिसर्ट पनि दिएका छौं। साथसाथै स्वास्थ्यकर्मी पत्रकार सबैलाई हामीले सकारात्मक रूपमा र जन समुदायलाई पनि विशेष गरी राजनीतिक दलहरुले विभिन्न गतिविधि गर्ने बेला स्वास्थ्य मापदण्ड पालन गरिदिनु प¥यो । उहाँहरुले त्यो विषयलाई गम्भीरतापूर्वक लिएर परिचालन गर्नुप¥यो । हामीले सिकेको ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्नुपर्छ । यही नै बाँच्ने उपाय हो। मास्क लगाउने हातधुने सेनिनटाइजर को प्रयोग गर्ने सामाजिक दूरी कयम राख्ने भीडभाड नगर दिने आफ्नो गतिबिधिहरु धेरै आवश्यक पर्यो भने भनेमात्र घरबाट बाहिर जाने अरु गतिविधि गर्ने बेला पनि स्वास्थ्यका मापदण्डहरु लाई पालन गर्ने र गराउने कुरामा हामि सबै लाग्यो र हाम्रो कर्तव्य जिम्मेवारी हो भन्ने बुझियो भने केही नियन्त्रण गर्न सक्छौं ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १४ गते सोमबार