कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेको कृष्ण माध्यमिक विद्यालयले कक्षा ११ को अनुमति पाएको छ । विगत तीन वर्षदेखि एसईईमा उत्कृष्ट नतिजा ल्याएपछि कक्षा ११ को अनुमति पाएको हो । मंगलबार विद्यालयमा भएको सर्वपक्षिय भेलामा प्राध्यानाध्यापक बिरेन्द्र मल्लले यस शैक्षिक शत्रदेखि ११ कक्षा सञ्चालनको अनुमती पाएसंगै भर्ना समेत खुल्ला गरिएको बताए । उनका अनुसार पहिलो वर्ष विज्ञान, कानुन, शिक्षा र व्यवस्थपान संकायमा पढाई सुरु गरीने बताए ।
यस्तै कोहलपुर नगर शिक्षा शाखा प्रमुख अनन्त पौड्यालले कृष्ण माविका प्रअ, शिक्षक, अभिभावक तथा विव्यस समितिहरुको कठिन मिहेनतले विद्यालय अब्बल बन्दै अगाडि बढिरहेको बताए । उनका अनुसार आफु कोहलपुरमा आएदेखि अन्य विद्यालयको तुलनामा कृष्ण माध्यमिक विद्यालय शैक्षिक गतिविधिमा आफु सन्तुष्ट रहेको बताए ।
कोहलपुरमा रहेको विद्यालयहरुका शिक्षकहरुलाई सम्मान कार्यक्रम हुनेछ उनले भने त्यसमा कृष्ण माध्यमिक विद्यालयका शिक्षक हुनेछन् । त्यसकारणले यहाँका अभिभावकहरुले अझै विद्यालयप्रति चासो राख्न सबैलाई आग्रह गर्दै नमूना विद्यालयको रुपमा परिचित भएको उनको भनाई थियो ।
यस्तै सर्वपक्षिय भेलामा नेकपा माओवादी केन्द्रका युवा नेता तथा सोही विद्यालयका अभिभावक नरेन्द्र न्यौपानेले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा पाउनका लागि सबैको पहल खाँचो रहेको बताए ।
सामुदायिक विद्यालयलाई एक पक्षले मात्र शिक्षामा सुधार ल्याउन सक्दैन उनले भने यसमा शिक्षक, अभिभावक र राज्यको उचित ध्यान जान आवश्यक रहेको छ । सार्वजनिक विद्यालयको कक्षा कोठा, शौचालय, खानेपानी, यातायातका साधन जस्ता कुरामा राज्यको लगानी प्रयाप्त नभएको भन्दै सर्वपक्षिय दवाद सृजना गर्न आवश्यक रहेको न्यौपानेले बताए ।
यस्तै सर्वपक्षिय भेलामा नेकपा एमालेका नेता प्रेम भुषाल, नेपाली काग्रेस नेतृ सतिदेबी ढकाल, विद्यालयका पुर्व प्रध्यानाध्यापक विश्व प्रकाश शर्मा ढकाल, अभिभावक अमर लामिछाने, स्थानिय समाजसेबी सितला परियार लगायतले विद्यालयमा शैक्षिक सुधार गरी नमुना विद्यालय बनाउन सुझाव दिएका थिए ।
यस्तै सर्वपक्षिय भेलाले दिएको सुझावलाई ग्रहण गर्दै विद्यालयलाई उत्कृष्ट बनाउन दिनरात लागि परिरहेको विद्यालयका प्रअ मल्लले प्रतिबद्धता जनाएका थिए । उनका अनुसार ११ कक्षामा पोजेक्टर तथा स्मार्ट बोर्डको माध्यामबाट शिक्षण गरीनुका साथै पर्याप्त खेल मैदान, पुस्तकालय, विज्ञान प्रयोगशाला, स्वच्छ पिउने पानीको समेत व्यवस्थापन गरीएको बताए ।
‘एसईईमा जिपिए ४ ल्याउने विद्यार्थीलाई शत प्रतिशत छुटको व्यवस्था गरिएको छ, ‘त्यसका अलावा गरिव, जेहन्दार, पिछडीएका, सिमान्तकृत तथा लोप उन्मुख जनजातीका बालबालिकाहरुलाई समेत छात्रवृत्ति उपलब्ध गराईनेछ’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्