16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

पदमुक्त भएका ओलीले भोलि मात्र बालुवाटार छोड्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २९, २०७८  

काठमाडौं ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्र बालुवाटार छोड्ने भएका छन् । आजै भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोली सर्ने बालुवाटार स्रोतको भनाई छ ।

सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् । आजका लागि बोलाइएको एमालेको स्थायी तथा केन्द्रीय कमिटी बैठकपनि स्थगित गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार २९, २०७८     4:40:53 PM  |