राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत: सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने।
ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन।
प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्