प्रधानमन्त्री नियुक्त गर्दा ‘संविधान अनुसार नियुक्त गरिएको’ उल्लेख गरे पनि आज भने सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसला अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको छ । देउवाको सपथ बेलुकी ६ बजे हुनेछ । देउवासँगै केही मन्त्रीहरुको पनि शपथको तयारी रहेको छ । 
कसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल भइरहेको छ । सर्वोच्च अदालतले हिजो प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।उज्यालो
प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्