१४६ सांसदको पक्षमा फैसला, ६ दिनभित्र संसद् बैठक बाेलाउन आदेश



काठमाडौँ ।

सर्वाेच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी वैध भएको ठहर गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुग्ने भन्दै बदर गरेकी थिइन् ।

त्यसपछि देउवाले १४६ सांसदको हस्ताक्षरसहित सर्वाेच्चमा सशरीर उपस्थित भइ राष्ट्रपतिको निर्णयविरुद्ध परमादेश माग गरेका थिए । संसदको बैठक ६ दिनभित्र बोलाउन पनि अदालतले आदेश दिएको छ ।

अदातले संविधानको धारा ७६(५) बमोजिम कुनै सदस्यले प्रधानमन्त्री दाबी गरे ह्वीप नलाग्ने पनि सर्वोच्चले आदेश दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २८ गते सोमबार