25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सुनको भाउ आज तोलामा बाह्र सय रुपैयाँले घट्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८  

काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनकाे भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९० हजार आठ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज ३५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १३ सय पाँच रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।बुधवार चाँदी तोलाको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।उज्यालो

प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८     12:00:09 PM  |