हुम्लामा केहि खुकुलो गर्दै निषेधाज्ञा एक हप्ता लम्बियो



हुम्ला,  कोरोना रोकथाम र नियन्त्रणका लागि हिमाली जिल्ला हुम्लामा बैशाख २१ गते जारी गरिएको निषेधाज्ञा पाँचौ पटक ७ दिनका लागि थपिएको छ ।

कोरोनाको संभावित जोखिम कम गर्न बैशाख २१ गतेबाट एक हप्ताका लागि जारी गरिएको निषेधज्ञा जिल्लामा पछिल्लो बस्तुस्थिती बुझेर आज बुधबार बसेको जिल्ला कोभिड १९ ब्यबस्थापन समितिको बैठकले ७ दिनका लागि निशेधज्ञा केही खुकुलो पारेर जिल्ला प्रशासन कार्यालय हुम्लाले एक आदेश जारी गर्दै असार २ गते राती १२ बजेवाट असार १० गते राती १२ बजेसम्म लम्ब्याइएको जिल्ला कोभिड १९ ब्यबस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
नयाँ भेरियन्ट सहितको कोभिड -१९ संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार (मन्त्रिपरिषद्को) निणर्य, कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको सिफारिस समेतका आधारमा यस भन्दा अगाडि जारी गरिएको निषेधाज्ञा भन्दा केहि खुकुलो हुने गरि मिति २०७८ साल असार १० गते राती १२ बजेसम्मका लागि जिल्लामा एक हप्ता निशेधाज्ञा लम्ब्याईएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २ गते बुधबार