झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भयो, यो षड्यन्त्र हो स् खतिवडा



काठमाडौं  : नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले वरिष्ठ नेता झलनाथ खनालको हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन्।

खनाल-नेपाल समूहका नेता खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हस्ताक्षर दुरुपयोग हुनु दुखद् भएको बताए।

स्वदेशमा उपचार नहुने परिस्थितिमा बिदेशमा उपचार गर्न जानुभएका क। झलनाथ खनालको नाममा उहाँको हस्ताक्षर दुरुपयोग गरी वक्तब्य जारी गर्नु निकै नै दुखद् छ। यो षडयन्त्र हो।ु उनले भने, श्वासप्रश्वासमा समेत समस्या भैरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन।’

उनले वक्तव्यमा उल्लेखित विचार नेता खनालसँगको विचारमा मेल नखाने पनि दाबी गरेका छन्।

ुउहाँ प्लेन चढि सकेपछि यो वक्तब्य आउनु आफैंमा रहस्यमय छ। पार्टीमा एकता गर्न क। खनालको वक्तव्यको चालबाजी रची कार्यकर्तालाई दिग्भ्रमित पार्नु नै पर्दैन। सर्वोच्चको फैसला आदेश र विधानको ब्यवस्था बमोजिम खुला संवाद गर्दा हुन्छ। बिग्रेको सच्याउँछु भनी सच्याउँदा हुन्छ। एजेण्डाहरु सम्बोधन गर्दा हुन्छ। यस्तो नाटक गरिरहनु पर्दैन।

उनले लेखेका छन्, ुक। झलनाथ खनालले खण्डन गर्नु भएमा यो नाटक बन्द हुनेछ। तर उहाँ अशक्त हुनुहुन्छ। आदरणीय नेताको बिरामी अवस्थालाई कसैको राजनीतिक स्वार्थको घैँटो भर्नका लागि अपमान नगरौँ।ु

उपचारका लागि दिल्ली उड्नुअघि नेता खनालले प्रेस वक्तब्य जारी गर्दै व्यक्तिगत इगो त्यागेर पार्टी एकतामा जुट्न अपिल गरेका थिए।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २ गते बुधबार