29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

मेलम्चीमा भिषण बाढी-पहिरोः आसपासका बस्ती बगायो, ठूलो क्षति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २, २०७८  

सिन्धुपाल्चोक –  अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको मेल्चीमा आएको बाढीले ठूलो क्षति गरेको छ। हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो पनि गएको छ । हेलम्बुदेखि उर्लिएर नदि किनार करिडोरमा बितण्डा मच्याउँदै आएको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्कि पुल बगाएको छ । राती करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै सवारी बाट मेलम्ची जोड्ने पुल बाढीले भत्काएको हो । भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन ।

मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन् । ५० जनाभन्दा बढी सम्पर्क विहिन छन् ।
बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको स्थानीयले जनाएका छन् ।मेलम्चिमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौं को क्षति भएको स्थानुय सिपी दुलालले बताउनुभयो ।

मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले रात खुला आकाशमा बिताएका छन् । बाढीको जोखिम झनै बढेपछि सुरक्षित स्थान खोज्दै बिस्थापितले रात कटाएका छन् । अहिले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।सि आइ एन

प्रकाशित मितिः बुधबार, असार २, २०७८     7:04:04 AM  |