19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

प्रदेश सरकारलाई रु ६३ लाखको स्वास्थ्य सामग्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

मोरङ – प्रदेश नं १ सरकारलाई युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट आज रु ६२ लाख ५० हजारको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । प्रदेशका सामाजिक विकासमन्त्री उषाकला राईलाई ती सामग्री हस्तान्तरण गरिएको हो । युएनडिपीका तर्फबाट ६० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।

 

युएसएआडीबाट पिपीई सेट १०० थान, सर्जिकल मास्क आठ हजार थान, ह्याण्ड सेनिटाईजर पाँच सय लिटरको ५० थान र के ९५ मास्क तीन सय थान प्राप्त भएको साहले बताउनुभयो । सो अवसरमाा सामाजिक विकास मन्त्री राईले स्वास्थ्य सामाग्री ग्रहण गदै कोरोना सङ्क्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । रासस

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     5:13:10 PM  |