26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

घाँटी रेटेर रुपन्देहीमा एक जनाको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

रुपन्देही : धारिलो हतियार प्रयोग गरी रुपन्देहीमा एक जनाको हत्या गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको शनिबार राति हत्या भएको हो ।

तीन सन्तानका बाबू समेत रहेका यादवलाई घरबाट एक किलोमीटर पश्चिम नाला नजिकै लिएर घाँटी रेटेर हत्या गरिएको पाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी दिए ।

उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     5:13:57 PM  |