27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, नेपाली कांग्रेसले दुईवटा मन्त्रालय पाउँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

सुर्खेत – कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई समेत समेटेर मन्त्रिपरिषद् हेरफेर गर्न लाग्नुभएको हो ।

कांग्रेसले बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाइ दिएको थियो । सरकारलाई विश्वासको मत दिएको दुई महिनापछि कांग्रेस पनि सरकारमा सहभागी हुन लागेको हो । दुईजना मन्त्रीसहित कांग्रेस सरकारमा जान लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई सिफारिस गरिएको उहाँको भनाइ छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कांग्रेस र एमालेका खनाल–नेपाल समूहका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पद जोगिएकाे थियाे ।उज्यालो

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     7:36:27 PM  |