25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

देशका धेरै ठाउँमा बादल, केही भूभागमा ठूलो पानी पर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

काठमाण्डाै – आज देशका धेरैजसो ठाउँमा बादल लागेर एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्ली भइ प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

तर निरन्तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले प्रदेश-१ का धेरैजसो ठाउँमा बादल लागेको छ भने प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी ठाउँमा सामान्य बादल लागेको छ ।

आउँदो तीन दिनसम्म नै मौसम बद्ली रहने मौसमविद् शाक्यले बताउनुभयो । आज राति देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी र पर्ने र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।साभार उज्यालो

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     8:31:17 AM  |