8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

४५ जनाले गरे रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको प्राङ्गणमा कुर्मी सहयोगी हात, बाँके नेपालगञ्जले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र कुर्मी (वर्मा) सहयोगी हात, बाँकेका संयोजक डा. कौशल कुमार वर्माले रक्तदान संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी रक्तदानको उद्घाटन गरेका थिए । कार्यक्रममा ३ जना महिला र ४२ पुरुष गरी ४५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई नगर प्रमुख राणा,संयोजक वर्मा, रक्तदान कार्यक्रमका संयोजक बिराट बिक्रम वर्मा लगायतले गम्छा, प्रमाण–पत्र र चश्मा वितरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित क्षेत्रीय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिल पुलामी थापामगर, गुन्जा कनौजिया, प्रहलाद विश्वकर्मा लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     7:31:43 AM  |