कोहलपुर ।
बाँकेमा पछिल्लो २४ घण्टामा शनिबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा २२ महिला र ३७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १० पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
तीमध्ये ७ हजार २ सय ३६ महिला र ९ हजार ७ सय ७४ पुरुष रहेका छन् । शनिबार भेरीका ल्याबमा गरिएको परीक्षणमा १४ महिला र २४ पुरुष गरेर ३८, मेडिकल कलेज कोहलपुर गरिएको परीक्षणमा ७ महिला र ११ पुरुष गरि १८ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा १ महिला र २ पुरुष गरि ३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा ५९ जना नयाँ संक्रमित थपिदाँ १ सय ४ जना डिस्चार्ज भएका थिए ।
जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार ५३ महिला र ५१ पुरुष कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या ६ हजार ६ सय ६२ महिला र ८ हजार ९ सय ७६ पुरुष गरेर १५ हजार ६ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा उपचारको क्रममा बाहिरी जिल्लाका थप ५ संक्रमितको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । २ महिला र ३ पुरुष गरेर ५ बाहिरी जिल्लाका संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा बाँकेका संक्रमितको मृत्यु नभएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
अहिलेसम्म जिल्लाभित्रका १ सय २२ महिला र १ सय ६६ पुरुष गरेर २ सय ८८ तथा बाहिरी जिल्लाका ८६ महिला र १ सय ८९ पुरुष गरेर २ सय ७५ संक्रमितको मृत्यु भइसकेको छ । शनिबारसम्म बाँकेका सक्रिय संक्रमितको संख्या १ हजार ८४ थियो । तीमध्ये ४ सय ५२ महिला र ६ सय ३२ पुरुष रहेका थिए । होम आइसोलेसनमा रहनेको संख्या ४ सय ५७ महिला र ५ सय २२ पुरुष गरेर ९ सय ७९ रहेको थियो । ३ सय ३२ जना अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्