26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौं : सरकारले कोरोना भाइरस ९कोभिड(१९० रोकथाम तथा नियन्त्रणका लागि ३७ करोड ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।

शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिएका हुन्।

पौडेलका अनुसार खोप खरिका लागि मात्र २६ अर्ब ७५ करोड रकम विनियोजन भएको छ। कोरोना महामारी रोकथाम तथा उपचारका बजेट विनियोजन भएको छ।

सरकारले नागरिकको उपचारका लागि बजेट अभाव हुन नदिने भएको छ। सबै सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने भएको छ। सरकारले सबै अस्पतालमा अक्सिजन प्लानका लागि बजेट विभियोजन गरेको छ।

कोरोना संक्रमितका लागि घुम्ती सेवा निःशुल्क सञ्चालन गर्ने घोषणा सरकारले गरेको छ। उपत्यकामा तीन सय शैय्याको सरुवा अस्पताल निर्माणका लागि एक अर्ब ३० करोड रकम विनियोजन भएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     5:47:14 PM  |