29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बढाइयो भेरी अस्पतालको सुरक्षाः २५ प्रहरी परिचालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

नेपालगञ्ज ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनापछि अस्पतालमा प्रहरी सुरक्षा बढाइएको छ ।

महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमणले उनीहरुको मनोबल खस्किने चिन्ता र उनीहरुको सुरक्षा चासोले चर्चा पाइरहँदा शनिवार प्रहरी सुरक्षा थप गरिएको हो ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार व्यवस्था मिलाइएको बताए । उनका अनुसार, महामारीको अवस्था सामान्य रुपमा नआएसम्म प्रहरी सुरक्षा राखिने बताए ।

प्रहरी बाहेक निजी सुरक्षाकर्मी पनि यसअघिदेखिनै भेरीमा परिचालित छन् । घटनाको बेला प्रहरी तथा निजी सुरक्षागार्डको प्रभावकारी भूमिका नदेखिएपछि अझै समस्या बढेको थियो ।

सात जना प्रहरी र २१ जना सुरक्षा गार्ड रहेको भेरीमा सुरक्षाकर्मी बढाइएको हो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     2:12:21 PM  |