8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

रावतको अगैयामा दाहसंस्कारः भाई र छोराहरुलाई कडा सुरक्षामा उपस्थिती गराइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

कोहलपुर ।

उपचारको क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित दाङ तुलसीपुर उपमहानरपालिका–११ उरहरीनिवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको दाहसंस्कार गरिएको छ ।

उनको उपचारका क्रममा बिहीबार राती मृत्यु भएपछि उनका आफन्तहरुले भेरीका चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गरेका थिए ।

कोरोना संक्रमणका कारण नेपाली सेनाको टोलीले सुरक्षा सावधानी अपनाउँदै रावतले शवलाई शनिबार बिहान बाँकेको अगैया घाटमा पु¥याएको थियो ।

स्वास्थ्यकर्मीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका रावतका दुई छोराहरु तथा एक भाईलाई समेत बाँके प्रहरीले रावतको अन्तिम संस्कारमा उपस्थिती गराएको थियो ।

मानवीयता हेरेर पक्राउ गरेका तीनै जनालाई अन्तिम संस्कारमा कडा सुरक्षा प्रदान गरेर उपस्थिती गराइएको बाँके प्रहरीले स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले पक्राउ गरेका तीनै जनालाई अगैया लगेर फेरि कार्यालयमा नै ल्याइएको जानकारी दिए ।

स्वास्थ्यकर्मीलाई आक्रमण गरेको आरोपमा मृतक रावतका दुई छोराहरु भरत रावत र लोकराज रावत तथा भाई मानबहादुर रावत पक्राउ परेका थिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     1:23:08 PM  |