सुर्खेत : सुर्खेतमा थप १० दिन निषेधाज्ञा थपिएको छ । साथै शुक्रबार आज लकडाउनको एक महिना पुरा भएको छ । जिल्ला प्रशासनका अनुसार सुर्खेतमा जारी निषेध आदेश २५ गतेसम्म थप गरिएको हो ।
आज बसेको कोरोना संटक व्यवस्थापन समितिको बैठकले २५ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको हो । ‘संक्रमित नघट्दासम्म निषेध आदेश थप्नु नै उत्तम हुन्छ’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘२५ गतेसम्म निषेध आदेश थप्ने निर्णय भएको छ ।’
हाल सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन् । बैशाख १४ गतेदेखि जारी भएको निषेध आदेश आज ९शुक्रबार० एक महिना पुगेको हो ।
प्रकाशित मिति : २०७८ जेठ १४ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्