पिङ खेल्ने क्रममा एक बालकको मृत्यु



सर्केगाड : सर्केगाड गाउँपालिका–१ मा पिङ खेल्ने क्रममा पिङको डोरीमा झुण्डिएर नौ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिया दमाईंका छोरा धौला रहेका छन् ।

सोमबार अपराह्न ३ः०० बजे जैर गाउँको स्याँडी भन्ने वनमा गोठालो गएका दमाईं साथीसँग रूखमा लगाइएको पिङ खेल्ने क्रममा डोरी चुँडिएर घाँटीमा बेरिँदा उनको मृत्यु भएको जैरका स्थानीयवासी धनलाल बुढाले बताउनुभयो ।

घटनास्थल गाउँभन्दा टाढा रहेकाले गाउँबाट मान्छे घटनास्थलमा पुग्दासम्म बालकको मृत्यु भइसकेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १२ गते बुधबार
समाचार
प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ। शिक्षा, विकास सहयोग, व्यापार तथा नेपाली समुदायसँगको सम्बन्ध दुई देशबीचको सहकार्यका प्रमुख क्षेत्रका रूपमा रहेका छन् । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, परराष्ट्रमन्त्री शिशिर खनाल प्रि–कोप सम्मेलनमा सहभागी हुन शनिबार फिजी जाने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नोभेम्बर ९ देखि टर्कीमा हुने कोप–३१ सम्मेलनको तयारीका लागि फिजिमा आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री खनाल फिजी जान लागेका हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धिअन्तर्गत हुने कोप सम्मेलनअघि हरेक वर्ष प्रि–कोप बैठक आयोजना हुँदै आएको छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । गिरीले ४७० मत प्राप्त गर्दै गोपाल रावतलाई पराजित गरेका छने भने उनका प्रतिस्पर्धी रावतले ९९ मत प्राप्त गरेका छन् । यस्तै, उपसभापतिमा दुर्गा ओली ३०९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी चक्र वलीले २६३ मत प्राप्त गरेका छन् । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरिएको हो । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, जाजरकोटवासीले गत आर्थिक वर्षमा जडीबुटी संकलन तथा निकासीबाट २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८२÷८३ मा जिल्लाबाट ३७ प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ। टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ र झ्याउलगायत जडीबुटी ग्रामीण बासिन्दाको आम्दानीको प्रमुख स्रोत बनेका छन् । टिमुर मात्रै १ लाख ९८ हजार ७५९ किलो निकासी भएको छ । औसत प्रतिकिलो ६०० रुपैयाँका दरले टिमुरबाट करिब १२ करोड रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ । यस्तै, झ्याउबाट पनि ३ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव आज फेला परेको छ । एनएनएमजीएका अनुसार पासाङकाजी शेर्पाको नेतृत्वमा रहेको टोलीले खोजीका क्रममा शव फेला पारेको हो । यसअघि सात जनाको शव भेटिएको थियो । १६ जना बेपत्ता भएकामा हालसम्म ११ जनाको शव फेला परेको छ भने पाँच जना अझै बेपत्ता छन् । खोजी तथा उद्धार कार्य जारी छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । ट्र्याक खुलेसँगै सडकमा सर्वसाधारणको आवतजावत सुरु भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी छ । यसैबीच सडकखण्डमा बेलिब्रिज जडानको तयारीसमेत अघि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेशन तयार भइसकेको छ । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, लगातार तीन दिन घटेको नेप्से परिसूचक बिहीबार ०.२६ अंकले बढेको छ । बैंकिङ, विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य बढेपछि बजारमा सामान्य सुधार देखिएको हो । आज १३९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ । कारोबार रकम पनि बढेर ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । हिजो बुधबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोमा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेको हो । ग्लामोस र स्वीस एकेडेमी अफ साइन्सेजको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै हिमनदीको बरफ झन्डै २० प्रतिशतले घटेको छ । विज्ञहरूले वर्तमान अवस्थामा अल्पाइन हिमनदी लामो समय टिक्न कठिन हुने बताएका छन् । ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेटले तथा भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । भारत र पाकिस्तानबीचको स्वर्ण पदकका लागि फाइनल खेल शनिबार हुनेछ । यस्तै, कांस्य पदकका लागि बङ्गलादेश र श्रीलङ्का पनि शनिबार नै भिड्नेछन् ।