8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

जुम्लाका ५७ बर्षिय संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ । जुम्ला हिमा गाउँपालिका ७ निबासी ५७ बर्षिय एक पुरुषको मृत्यु भएको हो

दम रोगले ग्रसित उनी जेठ ९ गते अस्पतालमा भर्ना भएका थिए । कोरोनो पोजेटिभ देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा। रमेश भट्टराईले कर्णाली अस्पतालमा उपचार गराइरहेका ५७ बर्षिय संक्रमितको मृत्यु भएको जानकारी दिए ।

उनले भने,‘दम रोगले ग्रसित ५७ बर्षिय बिरामी सिकिस्त अवस्थामा अस्पताल ल्याउनुभएको थियो । भेण्टिलेटर उपचार गर्दा गर्दै मृत्यु भयो । प्रवक्ता भट्टराईका अनुसार विहान साढे ५ बजेतिर संक्रमितको मृत्यु भएको हो ।

अहिले एक जना कालिकोटको संक्रमितकोको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोछ । यसअघि कर्णाली अस्पतालमा उपचार गराइरहेका कालिकोट तिला गुफाका २ जना र सुर्खेतको एक जना गरि तीन जनाको मृत्यु भइसकेको थियो ।

 

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     5:01:04 PM  |