8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला बंगलादेशलाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

काठमाण्डाै –  घरेलु टिम बंगलादेशले श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृंखला जितेको छ । ढाकामा भएको दोस्रो खेलमा श्रीलंकालाई डकवर्थ लुइसका आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै बंगलादेशले श्रृंखला जितेको हो ।

श्रीलंकाले २ सय ४७ रनको लक्ष्य पछ्याइरहँदा पानी परे पछि खेल प्रभावित भएको थियो । वर्षाले खेल रोकिएपछि डकवर्थ लुइसका आधारमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो । तर, उसले ४० ओभरमा ९ विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो । पहिलो खेलमा पनि बंगलादेश ३३ रनले विजयी भएको थियो । तेस्रो खेल भने पर्सि हुनेछ ।साभार उज्यालो

 

 

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     7:13:31 AM  |