कोहलपुर ।
कोरोना भाइरस संक्रमण भयावह बनेको बाँके जिल्लामा निषेधाज्ञा थप लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एक हप्ता निषेधाज्ञा लम्बाएको हो ।
अब बैशाख २७ गते रातीसम्म निषेधाज्ञा लागू हुने प्रशासनले सोमबार जारी गरेको सूचनामा उल्लेख रहेको छ । संक्रमण तिब्र रुपमा फैलिएपछि बाँकेमा एकसाताअघि देखि प्रशासनले निषेधाज्ञा सुरु गरेको थियो ।
अहिले पनि संक्रमण दर नघटेका कारण प्रशासनले मानिसको मुभमेन्ट रोक्न जारी निषेधाज्ञा लम्ब्याएको हो । बाँकेमा सक्रमण दरसँगै मृत्यु दरपनि बढिरहेको छ।

प्रकाशित मिति : २०७८ वैशाख २० गते सोमबार









प्रतिक्रिया दिनुहोस्