7 September 2024  |   शनिबार, भदौ २२, २०८१

मुख्यमन्त्री शाहीलाई भोट हाल्ने नेपाल पक्षका चार सांसद एमालेबाट निष्कासित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८  

सुर्खेत : एमालेले ह्वीप उलङघन गरी भोट हाल्ने चार सांसदलाई कारवाही गरेको छ ।

 

कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीलाई भोट हालेका चार सांसदलाई पार्टी सदस्य र सांसदसमेत नहरने गरी एमालेले कारवाही गरेको हो ।

एमालेले कारवाही गरेका नेता र सांसदमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाही छन् ।

बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक समिति बैठकले उनीहरुलाई कारवाही गरेको हो ।

एमालेका माधव नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गरी मत दिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो

प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८     3:18:16 PM  |