9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

रसुवामा टिप्पर दुर्घटनामा परि दुई जनाको ज्यान गयाे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २, २०७८  

रसुवा – रसुवामा गएराति टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

रसुवाको कालीका गाउँपालिका-२ स्याउबारीमा भएको दुर्घटनामा गाउँपालिका-१ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय ग्राङ प्राविका प्रधानाध्यापक राजेन्द्र तामाङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हाे ।​

दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारको क्रममा ज्यान गएकाे हाे ।

टिप्परमा कालीका गाउँपालिका-१ का वडाध्यक्ष मालफुर्पा तामाङसहित तीन जना रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बेपत्ता भएका वडाध्यक्ष तामाङ खाेजीपछि फेला पर्नुभएकाे प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनु भएकाे छ । ujyaaloonline.com

 

 

प्रकाशित मितिः बिहिबार, बैशाख २, २०७८     12:57:34 PM  |