सुनकाे भाउ ताेलामा तीन सय रुपैयाँ बढ्याे



काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ । सङ्घका अनुसार अहिले दैनिक ४० देखि ४५ किलो सुनको माग आउने गरेको छ ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २ गते बिहीबार