15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

Updated: ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७  

ताइपेई ।

ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दर्जनौं घाइते भएका छन् । ३५० यात्रु बोकेर राजधानी ताइपेईबाट ताइटङ शहर जाँदै गरेको रेल सुरुङमार्गमा दुर्घटना भएको हो ।

रेल स्थानीय समयअनुसार शुक्रबार बिहान ९ बजे दुर्घटना भएको  हाे । दुर्घटनाका कारण रेलका डिब्बाहरूमा ठूलो क्षति पुगेको छ भने ७२ जना सुरुङभित्रै थुनिएका छन् । उनीहरूको उद्धारकार्य जारी रहेको यहाँको सेन्ट्रल इमरजेन्सी अपरेसन सेन्टरले जनाएको छ ।

ताइवानका राष्ट्रपति साइ इङ्ग उनले एक विज्ञप्ती जारी गर्दै फसेकाहरुको उद्धार कार्यलाई उच्च प्राथमिकता दिइएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार मर्मतका लागि राखिएको एउटा सवारी खस्दा रेल लिकबाट बाहिर निस्केकाले दुर्घटना भएको हो । रेलमा रहेका अधिकांश यात्रुहरु ‘टम्ब स्विपिङ’ पर्व मनाउन आएका पर्यटक रहेको अनुमान गरिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

#http://www.xinhuanet.com

प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७     1:46:33 PM  |