18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

आफ्नै घरभित्र पटकपटक किशोरी बलात्कृत, किशोर अझै फरार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र १८, २०७७  

शुभाकर विश्वकर्मा, कोहलपुर
बाँकेको कोहलपुर–८ झरकट्टीमा छिमेकी किशोरबाट एक किशोरी घरभित्रै पटक–पटक बलात्कृत भएको पाइएको छ । झरकट्टीकी १३ वर्षीय किशोरी  छिमेकी किशोरबाट आफ्नै घरभित्र पटक–पटक बलात्कृत भएको पाइएको हो ।उनी छिमेकी १५ वर्षीय किशोरबाट बलात्कृत भएकी हुन् । किशोरले आफूलाई चारपटक बलात्कार गरेको बताएकी छन्।


सरस्वती माविमा कक्षा सातमा अध्ययनरत किशोरीले किशोरले पछिल्लो पटक माघ १ गते आफूलाई रातिको समयमा आएर बलात्कार गरेको बताएकी छन् । छिमेकी किशोरले बलात्कार गरेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो ।
‘राति १० बजेतिर एकछिन् पढ्यौ । पछि सुतेम् । रातीको समयमा आयो । जबरजस्ती ग¥यो । नगर भन्दापनि मानेन । खुट्टा माथि हाल्यो ।बोल्नपनि दिएन’ उक्त दिन भएको घटना बारे  किशोरीले भन्छिन् ।
उनी रुदै सुनाउँछिन्,‘भोलीपल्ट त्यसको ममीलाई तपाईको छोराले बलात्कर गर्छ भने । मलाई उल्टै झपारी त्यसको आमाले । मेरो कान्छो छोरासँग बिहे गर्दिन्छु भन्छे ।’
यो घटना माघ महिनाको हो । त्यतिबेला ती किशोरीका बुबा घरमा थिएनन् । पीडित किशोरी भाइ र बहिनी सहित घरमा एक्लै बस्थिन् । किशोर उनका नजिकैका छिमेकी हुन् । दुवै जनाको घर पचास मिटर पनि टाढा छैन ।
उनका अनुसार घरमा बुबा नभएको केहीदिनपछि एक रात छिमेकी विजय घरमा आए । काखमा भाइ र बहिनीसँगै सुतिरहेकी उनलाई जबरजस्ती गर्न थाले । त्यो पनि पटक–पटक । किशोरले आफूलाई केहीदिनको अन्तरालमा चार पटकसम्म बलात्कार गरेकार उनको भनाइ छ ।
‘जहिले पनि राति मात्रै आउथ्यो । म सुतेको बेला १२ देखि १ बजेको समयमा । मुख बन्द गरिदिन्थ्यो । कसैलाई भनिस भने मारिदिन्छु भन्थ्यौ । अनी… ।’
किशोरीका भाइ पनि किशोरले तीनपटकसम्म बलात्कार गरेको आफूले थाहा पाएको बताउँछन् । घटना बाहिर ल्याएमा मारिदिने धम्की दिएकोले अहिले पनि उनीहरुले राम्रोसँग घटनाबारे बोल्न सक्दैनन् । अहिले उनी त्रासमा छन् । उनी पीडामा छन् । बलात्कारपछि उनको उनी मनोबैज्ञानिक रुपमा समेत बिचलित रहेको देखिन्छ ।
पीडक किशोरकी आमाले समेत उल्टै थर्काउने र छोराले समेत बारम्बार बलात्कार गर्न थालेपछि ती किशोरीले सबै कुरा आफ्नी फुपुलाई सुनाएपछि घटना बाहिरिएको हो ।उक्त घटना थाहापाएपछि परिवारले इलाका प्रहरी कार्यालय कोहलपुरमा चैत्र ८ गते छिमेकी  किशोरले बलात्कार गरेको भन्दै किटानी जाहेरी दियो । लगत्तै उनको भेरी अस्पतालमा रेणुको स्वास्थ्य जाँच समेत गरेको थियो । तर उनी अहिले फरार छन् ।
पक्राउ गर्न प्रहरीले चासो नदिएको गुनासो
बलात्कृत बालिकाका बुबाले आफू पहाडको घर सल्यान गएको बेला यस्तो घटना घटेको बताए । छोरीले आफूलाई नभनेका कारण लामो समय घटना बाहिर आउन नसकेको उनले बताए । तर आफूले उक्त कुरा थाहा पाएपछि किटानी सहित जाहेरी दिदाँ समेत कोहलपुर प्रहरी उदासिन रहेको उनको गुनासो छ ।
यस विषयमा बुझ्न खोज्दा ‘हवल्दारपुर प्रहरी चौकीमा जान्छु,प्रहरी काम भइरहेको छ मात्रै भन्छ, इलाकामा समेत रिर्पाेट आएको छैन भन्ने जवाफ आउँछ । मेरी छोरी बलात्कार गर्ने मान्छे गाउँभित्रै लुकेर बसेको छ भन्ने सुन्छु ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।
प्रहरी भन्छ, खोजिरहेका छौ
घटना भएको क्षेत्रमा कार्यक्षेत्र रहेको अस्थायी प्रहरी चौकी हवल्दारपुरका असई सिद्धिमान खड्का पीडकको खोजी कार्य जारी रहेको बताउँछन् । उनका अनुसार प्रहरीले उनको खोजी कार्य जारी राखेको छ । घटना बाहिर आएपछि किशोर भागेकोले उनको खोजी कार्य जारी राखिएको उनले बताए । यता,इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्धा शाखाका इन्चार्ज सुबराज बमले किशोर फरार रहेको बताए ।
उनका अनुसार उनलाई पक्राउ पुर्जी आदेश आइसकेको छ ।अहिले हवल्दारपुर प्रहरी र इलाकाबाट समेत खोजी कार्य तीव्र रुपमा भइरहेको छ ।‘पीडकले मोबाइल नबोकेका कारण पक्रिन समस्या भइरहेको छ । तर हामी निरन्तर लागि परेका छौ । उनले किशोरीको स्वास्थ्य जाँचको रिर्पोट आइसकेको पनि जानकारी दिए । यो केश अनुसन्धान कै क्रममा भएकोले धेरै कुरा बोल्न मिल्दैन ।’ बमले भने ।

प्रकाशित मितिः बुधबार, चैत्र १८, २०७७     4:37:54 PM  |