16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

मेहलकुना अस्पतालमा कर्मचारीहरुले २ महिना देखि तलब नपाएको भन्दै बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र ६, २०७७  

सुर्खेत

सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनामा रहेको मेहलकुना अस्पतालमा OPD र प्रशासनिक कार्य केही दिन यता कर्मचारीद्धारा एक प्रेस बिज्ञप्ती टासी बन्द भएको छ ।

उक्त विज्ञप्तीमा यस मेहलकुना अस्पतालको OPD,Indoor इमर्जेन्सी,ल्याब,फार्मेसी,X-rey लगायत सम्पुर्ण शाखामा कार्यरत कर्मचारी प्रत्येक दिन आफ्नो डिउटिमा खटिएको तर कार्यालय प्रमुख,प्रशासन प्रमुख र लेखा प्रमुखको अनुपस्थितले गर्दा बिगत २ महिना देखि तलब नपाएको तथा अस्पतालमा आफ्नो डिउटी गर्न असहज भएको हुदा उक्त अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सामुहिक छलफलले मिति २०७७ चैत ३ गते देखि OPD र प्रशासनिक बन्द गर्ने र छिटो माग पूरा नभए अझ बेजोड रुपमा आन्दोलन गर्ने भनी उक्त बिज्ञप्तिमा लेखिएको छ । मेहलकुना अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्धारा लेखिएको प्रेस बिज्ञप्ती :

प्रकाशित मितिः शुक्रबार, चैत्र ६, २०७७     12:31:02 PM  |