7 September 2024  |   शनिबार, भदौ २२, २०८१

सकियो धार्मिक महोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २९, २०७७  

मधुर पौडेल । बर्दिया ।

बर्दियाको बाँसगढीमा रहेको केदारेश्वर धाममा जारी धार्मिक महोत्सव सकिएको छ । सोमवारबाट सुरु भएको धार्मिक महोत्सव शुक्रवार सकिएको हो । श्रीमद् भागवत सत्सङ संगीतमय प्रवचन (सप्तवर्षीय धार्मिक महोत्सव) को एक कार्यक्रमका बीच बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले समापन गरेका थिए ।

सो अवसरमा उनले यस धार्मिक महोत्सवले केही भएपनि केदारेश्वर धामको प्रचार प्रसारमा सहयोग पु¥याएको बताए । ‘बाँसगढीमा रहेको केदारेश्वर धामलाई सबैतीर चिनाउन जरुरी छ’ उनले भने, ‘यहाँ धार्मिक पर्यटनको सभ्भावना म देख्छु । नगरपालिकाले समेत यसतर्फ ध्यान दिइरहेको छ । आगामी दिनमा समेत दिन्छ ।’

श्रीमद् भागवत सत्सङ संगीतमय प्रवचन (सप्तवर्षीय धार्मिक महोत्सव) समितिका रामचन्द्र लामिछानेले धार्मिक महोत्सवभर दैनिक विभिन्न धार्मिक कार्यक्रम भएको जानकारी दिए ।

‘विभिन्न धार्मिक कार्यक्रमहरुका साथै धेरै मानिसहरुले तुलादान, चौरासी पूजा गर्नुभयो’ उनले भने, ‘हामीले सोचेभन्दा धेरै मानिसहरुले धार्मिक महोत्सवमा सहभागिता जनाउनुभयो ।’

केदारेश्वर धाममा यस्तो खालको धार्मिक महोत्सव वर्षेनी हुने गरेको छ । अहिलेको महोत्सवबाट ६ लाख बढी रकम उठेको समितिका कोषाध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार ४/५ कुईन्टल धान र ३/४ कुईन्टल चामल समेत संकलन भएको छ ।

५ दिनसम्म चलेको धार्मिक महोत्सवमा बाँके, बर्दिया, दाङ, कैलाली लगायतका ठाउँबाट ७० हजार बढी भक्तजनहरु आएको श्रीमद् भागवत सत्सङ संगीतमय प्रवचन (सप्तवर्षीय धार्मिक महोत्सव) समितिले जनाएको छ ।

सबैभन्दा धेरै महाशिवरात्रीको दिनमा बिहीवार भक्तजनहरु आएका थिए । सोमवार श्रीमद् भागवत सत्सङ संगीतमय प्रवचन (सप्तवर्षीय धार्मिक महोत्सव) को लुम्बिनी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरेकी थिइन् ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २९, २०७७     5:26:41 PM  |