मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २९, २०७७
काठमाण्डाै – आज देशको पहाडी भूभागका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागकाअनुसार यो प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बद्ली रहेर पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्चपहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।
मौसमविद् गङ्गा नगरकोटीकाअनुसार पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने छ । भोलिदेखि फेरि स्थानीय वायुको प्रभाव देखिने सम्भावना छ । अहिले देशभर आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा हल्का वर्षा भएको छ ।ujyaaloonline.com