बरु कर लेउ, सफा नगर देउ भन्दै जुम्लाका युवाद्धारा बजार सरसफाई



जुम्ला :

जुम्लाका युवाहरुले बजार सरसफाई गरेका छन् । शनिबार बरु कर लेउ सफा नगर देउ भन्दै जुम्लाका युवाहरु बजार क्षेत्रको सरसफाइ गरेका हुन् ।

उनीहरुले विमानस्थलको उकालोबाट सरसफाई सुरु गर्दै ,कालेखोली चोक देखि तलको बाटो र जुम्ला बजार हुदै चन्दननाथ मन्दिर वरीपरी सरसफाइ गरेको युवा धनराज सुनारले जानकारी दिए ।

उनका अनुसार उक्त सरसफाइ मा स्थानीय बासी,युवा,ब्यापारी,महिला र जिल्ला प्रहरीस् कार्यालय जुम्लाका जुम्लाका प्रहरीको सहभागिता रहेको थियो ।

नगरपालिका क्षेत्रमा करिब पाँच महिनादेखि फोहोर उठाइएको थिएन ।

ब्यापार गरेर निस्केको फोहोर हरु व्यवस्थापनमा नगरपालिकाको ध्यान जान नसकेको उनले बताए । उधोग बाणिज्य संघ जुम्लाका सचिब मेगराज गिरीले बजार क्षेत्र फोहोर बन्दै गएको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २२ गते शनिबार