काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् ।
हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा लुम्बाको गएराति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७७ फागुन १४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्