25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

दाङमा जीपले ठक्कर दिँदा अटाे चालककाे ज्यान गयाे, पाँच जना घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७  

दाङ – दाङकाे तुलसीपुरमा जीपले अटोलाई ठक्कर दिँदा अटो चालकको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

जीपको ठक्करबाट गम्भीर घाइते भएका शान्तिनगर गाउँपालिका-१ पेदीखोलाका ३० वर्षीय रमेश विकको हिजाेराति बाँकेको कोहलपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-८ दुघेनामा ठोक्किएर दुर्घटनामा भएकाे हाे।

गम्भीर घाइते विकलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर अस्पतालमा रेफर गरिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये अटोमा रहेका शान्तिनगर-१ की ३० वर्षीया रुपा वली, उनकी २ वर्षीया छोरी पुष्पा वली र शान्तिनगर-२ की ४१ वर्षीया शारदा केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । उनीहरु तीनै जनालाई थप उपचारको लागि कोहलपुरमा रेफर गरिएको छ ।

अटोमै रहेका अन्य दुई जना घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्छ प्रहरीले जनाएको छ।

जीप चालक प्रहरीकाे नियन्त्रणमा रहेका छन् ।ujyaaloonline.com

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७     1:17:24 PM  |