कोहलपुर :
कोहलपुर नगरपालिका वडा नम्बर १३ वडा कार्यालयको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच वडा नम्बर १३ को भरैयामा वडा कार्याललय भवनको निर्माणको लागि शिलान्यास गरिएको हो । उक्त भवनको कोहलपुर नगरपालिकाका नगरप्रमुख टुल बहादुर रावतले शिलान्यास गरेका थिए । उक्त अवसरमा बोल्दै नगरप्रमुख रावतले कोहलपुर नगरपालिकाका वडा कार्यालय भवन निर्माण प्रक्रिया सुरु भइसकेको बताए । स्थानीय तहको निर्वाचन भएको तीन वर्षसम्म प्रायजसो कार्यालयहरु भाडामा सञ्चालन भइरहेकाले चालु आर्थिक वर्षमा प्राय वडा कार्यालयहरु निर्माणधिन अवस्थामा रहेको उनको भनाइ छ ।
उनले केही वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको समेत जानकारी दिएका थिए ।‘संरचना पनि सहज सेवाको लागि महत्वपूर्ण हुन्छ ।त्यसैले हामीले सबै स्थायी संरचना निर्माणलाई जोड दिएका छौ ।सोही अनुसारधमाधम निर्माण कार्य भइरहेका छन् । अर्को आर्थिक वर्षसम्म सबै वडा कार्यालयहरु निर्माण भइसक्नछन् ।’ उक्त अवसरमा नगरप्रमुख रावतले भने । यता वडा अध्यक्ष ओमप्रकाश ओलीले वडाको स्थायी कार्यालयको रुपमा रहेको संरचना निर्माणको लागि शिलान्यास हुनु वडावासीहरुका लागि खुसीको कुरा भएको बताए ।
उनका अनुसार निर्माण सम्पन्न भएपछि सम्पूर्ण वडाबासीहरुले सहज रुपमा सेवा पाउनेछन् । समय मै निर्माण कार्य सम्पन्न गर्नको लागि छिटो भन्दो छिटो काम गर्ने उनको भनाइ थियो ।वडा कार्यालय निर्माणको जिम्मा पीस कन्ट्रक्सन एण्ड विल्डर्सले लिएको छ । वडा कार्यालय चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । वडा कार्यालय भवन भ¥याङ र बरण्डा सहित ६ कोठे हुनेछ । कार्यालय निर्माणको लागत भ्याट सहित करिब ५१ लाखको रहेको छ ।अब तीव्र गतिमा भवन निर्माण कार्य सुरु हुने वडा नम्बर १३ को कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्