दिपेन्द्रले निलो जिन्ट पाइन्ट लगाएका छन् । यस्तै निलो ज्याकेट र खुट्टामा कालो रङका चप्पल र पालतो शरिर भएका छन् । तर कोहलपुरमा भाग्ने क्रममा भने उनले चप्पल नै छाडेर भागेका हुन् । उनको घरमा अहिले सान्नाटा छाएको छ ।
डिल्ली शाही, शुभाकर विश्वकर्मा, कोहलपुर
जुम्लाको गुठिचौर गाउँपालिकाका–४ बाहुली गाउँका प्रकाश न्यौपानेलाई चैन छैन । १० महिनायता कोहलपुरमा बस्न थालेका उनी दुई सातायता बेचैन छन् । उनको परिवार गत वर्षको चैत्र महिनादेखि कोहलपुरमा स्बदै आएको छ । कोहलपुर वडा नम्बर ३ मा अस्थायी रुपमा बसोबास गर्दै आएका प्रकाश कोहलपुर श्रीमती, आमा र छोरा सहित भाडामा बस्दै आएका हुन् । विगत चार महिनायता उनी आफ्नो नयाँ घर बनाउन मै व्यस्त थिए । तर २०७७ पुस ६ गते यता भने उनको घरमा सन्ताटा छाएको छ ।
प्रकाशका एकमात्र १० वर्षीय छोरा दिपेन्द्र न्यौपाने एक्कासी घरबाट हराएपछि उनको परिवारमा सान्नाटा छाएको हो । दिपेन्द्र घरबाट हराएको १२ दिन बितिसक्दा समेत कुनै अत्तोपत्तो छैन । नयाँ घरको काममा व्यस्त हुनुपर्ने प्रकाश अचेल हरेक दिन छोराको खोजिमा गाउँ गाउँ चहार्छन् । ७ गते देखि उनी छोराको खोजिको लागि प्रहरी, संघ संस्था र मिडिया धाइरहेका छन् । घरको एकमात्र छोरा हराएको दुई साता बित्न लाग्दा समेत नभेटिएपछि उनी हराएको छोरा खोज्दै हारगुहार गरिरहेका छन् ।
घरबाट एक्कासी हराएको छोरा खोजिदिन सहयोग माग्दै शुक्रबार विहान न्यौपाने मिसन टुडे दैनिकको कार्यालयमा पुगे । यस अघि उनले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, थ्री एन्जल्स नेपाल लगायतका क्षेत्रमा हराएको छोरा खोजिदिन निवेदन दिइसकेका छन् ।उनी भन्छन्,–‘छोरा हराएको दुई साता बित्न लाग्यो । घरमा आमा र श्रीमतीले रोएरै बेहोस अवस्थामा छन् । म खाना समेत नखाएर छोरा खोज्न डुलिरहेको छु । तपाईको मिडिया तर्फ देख्नु हुने सबैलाई सम्पर्क गरिदिन आग्रह गर्दछु ।’
हराएका बालकका बुवाका अनुसार चैत महिना भन्दा पहिले जुम्लाको कैलाश बोधी अंग्रेजी माध्यमिक विद्यालय अध्ययन गर्थे । १० वर्षीय दिपेन्द्र स्वभावमा एकदमै चन्चले छन् । गहुँगोरो वर्ण, ३ फिट उचाइ छ । ६ गते साँझ ६ बजेतिर घरबाट सम्पर्क विहीन हुँदा उनले निलो जिन्ट पाइन्ट लगाएका थिए ।
यस्तै निलो ज्याकेट र खुट्टामा कालो रङका चप्पल र पालतो शरिर भएका छन् । यता बाँकेमा हराएका अलपत्र परेका र सहाराविहीनहरुको संरक्षण गर्दै आएको थ्री एन्जल नेपालका प्रदेश संयोजक लोकेन्द्र सुनारका अनुसार उनी हराएको दिन नै नेपालगञ्ज उपमहानगरपालिका– २ स्थित बागेश्वरी मन्दिरमा अलपत्र अवस्था फेला परेका थिए । सोही दिन संस्थाको नाममा संरक्षणका लागि बालक पठाइएको भनेर जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुर पठाएको थियो । सुनारले सोही दिन ती बालकलाई संरक्षण गरेर राखेको बताए ।
प्रहरी सहायक निरिक्षक श्याम कुमारी मगरको हस्ताक्षरमा पठाइएको पत्रमा धर्मलाल क्षेत्रीको छोरा वर्ष अन्दाजी १२ को सुवास क्षेत्रीलाई मिति २०७७ पुस ६ गते नेपालगञ्ज उप–महानगरपालिका–२ स्थित बागेश्वरी मन्दिरमा अलपत्र अवस्थामा फेला परेकोले नीजलाई संरक्षणका लागि सहयोग गरिदिन अनुरोध गरिएको छ । उनले प्रहरीले आफूहरुलाई दिएको बालकको फोटो नीजका बुवालाई देखाउँदा आफ्नै छोरा भएको बताएको मिसन टुडे दैनिकलाई बताए । उनले अघि भने,‘ बालकले भने अनुसार उनको घरमा पठाउन अर्को दिन बसपार्क गइयो । इलाकामा पनि समन्वय भयो । त्यो दिन हुन सकेन । पछि आफ्नो अफिसमा राख्यौ ।’
उनका अनुसार बालकलाई संस्थाले संरक्षण गरेर राख्यो । सोही समयमा बालकका बुवा इलाका प्रहरी कार्यालयमा छोरा खोजिदिन आग्रह गर्दै आएपछि इलाकाले आफूहरुलाई खबर गरेको बताए । उनले बालक आफूहरुबाट भाग्न खोजेपनि कडा निगरानीका साथ राखेको समेत बताए । पछि इलाका प्रहरी कार्यालयमा लिनको लागि अटोमा हालेर न्युरोड सम्म लिएको उनको भनाइ छ । तर उनी बीच बाटो मै अटोबाट हाम फालेर भागे । पछि प्रहरी, संस्थाका मानिस आफन्त सबै मिलेर खोजि गरे ।
उनका अनुसार ती बालक घरमा लुकेको अवस्थामा भेटिएको भएपनि त्यहाँबाट समेत भाग्न सफल भए । त्यसदिन देखि उनलाई प्रहरीले समेत खोजिरहेको छ, तर यहाँ उनका बुवाले पनि छोरा खोजिदिन हारगुहार गरिरहेका छन् । यता इलाका प्रहरी कार्यालय कोहलपुर डियसपी कुलदिप चन्द कार्यालयमा खोजिका लागि आवेदन आएको भन्दै सम्बन्धित सबै ठाउँमा बालकको हुलिया सहित भेटाएमा सहयोग गरिदिन पहल गरिरहेको बताए । उनका अनुसार प्रहरी बालकको खोजिको लागि सक्रिय रुपमा लागि परेको छ ।









प्रतिक्रिया दिनुहोस्