17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

लागूऔषध ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १५, २०७७  

सुर्खेत ।

लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित सुर्खेतमा दुई महिला पक्राउ परेका छन् । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–८ इत्राम खोला नजिकैबाट दुई महिलालाई ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्ने दुई महिला नाताले सासू–बुहारी रहेका छन् । विशेष सूचनाका आधारमा २४ वर्षीय शान्ति सिंहको कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

उनकै सासू कोपिला सिंहको कोठामा खानतलासी गर्दा ९ ग्राम ८०० मिलिग्राम लागूऔषध ब्राउनसुगर भेटिएको थियो ।

कुल १४ ग्राम ९७० मिलिग्राम लागूऔषधसहित उनीहरूलाई सोमबार राति १० बजेतिर पक्राउ गरिएको हो । शान्तिको साथमा रहेको २१ हजार ५०० रुपैयाँ नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, पुस १५, २०७७     9:49:55 AM  |