4 March 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७

बाँकेमा थपिए ५० कोरोना संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७  

कोहलपुर ।

बाँकेमा शनिबार थप ५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाका एक सरकारी र एक निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ५० जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले १७ महिला र ३३ पुरुष गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

भेरी अस्पताल नेपालगञ्जको ल्यावमा गरिएको परीक्षणमा १० महिला र २६ पुरुष गरी ३६ जना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा गरिएको पीसीआर परीक्षणमा ७ महिला र ७ पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ६ सय ९६ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा संक्रिय संक्रमित संख्या १ सय ८५ जना रहेका छन् । शनिबार थप ४३ जना कोरोना जितेर डिस्चार्ज भएका थिए ।

योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या ३ हजार ४ सय ७३ जना पुगेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमणका कारण बाँकेका १५ महिला र २३ पुरुष गरी ३८ जनाको मृत्यु भइसकेको छ ।

उपचारका लागि आएका जिल्ला बाहिरका ९ महिला र ३५ पुरुष गरी ४४ संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्ला भित्र र बाहिरका गरी २४ महिला र ५८ पुरुष गरी ८२ जनाको शनिबार साँझ ८ बजेसम्म मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७     11:31:42 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *