27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

सरकारलाई खबरी नाकाबासीको प्रश्न: ‘उपचार छिटो छरितो कहिले पाउँछौं ?’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७  

शिवु खनाल । दाङ ।

दाङको गढवा गाउँपालिका वडा नम्बर ८ खबरी नाकाका चन्द्रबहादुर बुढालाई गतवर्ष वर्षायाममा सर्पले टोक्यो । सर्पले टोकेपछि उनको अवस्था गम्भिर बन्यो । गाउँलेहरुले उनीलाई उपचारका लागि डोकोमा बोकेर भारतीय सीमावर्ती बजार तुलसिपुर पु¥याए ।

त्यहाँ पनि बुढाको उपचार सम्भव नभएपछि भारतकै बलरामपुरको अस्पतालमा रिफर गरियो । स्थानीयहरुले सर्पले टोकेका बुढालाई २ घण्टा डोकोमा बोकेर सीमावर्ती शहर तुलसीपुर पु¥याएका थिए । यो त खबरी नाकाका लागि एउटा उदाहरण मात्रै हो । सामान्य बिरामी भए नाकाबासी भारतीय अस्पतालको भर पर्नुपर्छ ।

नेपालतर्फ अस्पताल र अस्पतालसम्म पु¥याउने बाटो नहुँदा सर्पले टोकेका मानिसहरुले उपचार अभावमा ज्यान गुमाउने गरेका छन् । थोरै पैसामा उपचार हुनेमा भारत जाँदा धेरै पैसा खर्च हुने गरेको उपचार पश्चात निको भएका बुढाले बताए ।

‘उपचारको लागि नेपाल जाने बाटो नभएकै कारण सामान्य उपचारको लागि भारत जानुपर्ने बाध्यता हामी नाकाबासीको छ’ उनले भने, ‘विरामीको अवस्था हेरेर उपचार गर्नुपर्ने बाध्यता छ ।

शहर बजारमा जस्तै छिटो छरितो उपचार कहिले पाउँछौं हामि नाकाबासीले ?’ ‘खबरी नाकादेखि कोइलाबास ८ किलोमिटर रहेको छ । नयाँ ट्र¥याक खोलेको बाटो छ । हिउँदमा बाटो राम्रो हुन्छ वर्षायामको झरिले बाटो चिरा चिरा पार्छ । गतिलो बाटो नहुदा स्वास्थ्य उपचार लगायत अन्य आधारभुत सेवा लिन बञ्चित छाँै’ उनले अगाडि थपे ।

आफ्नै भुमि नेपाल जाने गतिलो बाटो नहुँदा भारतको तुलसिपुर र बलरामपुरमा उपचार गर्न जाने गरेको नाकाबासी बताउँछन् ।

‘बालापुरसम्म पैदल यात्रा गरेर निजी अस्पतालमा केही स्वास्थ्य सेवा लिन्छौं र थप उपचारको लागि तुलसिपुर जाने बाध्यता छ’ बुढाले भने, ‘विस्तारै हिन्न सक्ने वा विरामीको अवस्था हेरेर गढवा र लमही उपचारको लागि जान्छौं नत्र सामान्य उपचारको लागी भारत नै हो जाने ।

सामान्य विरामीले उपचार पाउन पनि तीनसम्म कुरेर लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । त्सपछि बल्ल घर फर्किने हो ।’ यता गतवर्ष वडाको दश लाख बजेटमा कोइलाबासदेखि खबरी नाका जोड्ने सडकमा कच्बे, ड्राइवाल, बाटो कटिङ गरिएको छ ।

उक्त सडकको बाटोको डीपीआर गर्ने तयारी भइरहेको गढवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिए । ‘नाकामा बाटो विस्तारको लागि दिर्घकालिन योजना बनाएका छौँ ।

हामिले गाउँपालिका, प्रदेश र संघिय सरकारलाई यस क्षेत्रको बाटो विस्तार गर्ने पटकपटक ध्यानाकर्षण गराएका छौँ’ उनले भने । यसवर्ष थप बाटो मर्मतको लागि वडाबाट दुई लाख बजेट विनियोजित गरिएको वडाध्यक्ष सिद्दिकीले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, मंसिर ७, २०७७     10:06:38 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *