19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कुटपिटपछि दैलेखमा एक जनाको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १२, २०७७  

दैलेख ।

दैलेखको नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थाहा पाएपछि पुगेको जिल्ला प्रहरी कार्यालय दैलेख र इलाका प्रहरी कार्यालय नौमुलेको टोलीले ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक १२, २०७७     2:31:42 PM  |