कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका– १० मा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइराखेका ५३ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी कोहलपुरमा रहेको एक विद्यालयका शिक्षक रहेको कोहलपुर नगरपालिकाका अन्तरगर्तको नगर स्वास्थ्य शाखाले जनाएको छ । मृतक पुरुष स्वास्थ्यमा समस्या आएपछि असोज ४ गते अस्पताल भर्ना भएका थिए ।
उनको ६ गते मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । सुगरका विरामी समेत भएका उनको उपचारकै क्रममा मंगलबार विहान सवा ४ बजे मृत्यु भएको हो । अहिले शव व्यवस्थापनको लागि तयारी भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असोज १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्