26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

दाङमा एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ४, २०७७  

शिवु खनाल, दाङ ।

चलिरहेको एम्बुलेन्सबाट लडेर लमहीमा एकजनाको मृत्यु भएको छ । दाङकाे राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाही नाका स्थाई घर भएकि हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) निवासी ३५ बर्षिय कमला बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकि बिकको गएराती कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयाे ।

नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै लडेकी थिईन ।

कसरी लडिन कमला

कमला सँगै एम्बुलेन्समा अन्य २ जना सवार थिए । उनिहरु नेपाल गञ्जबाट उपचार गरेर घर फर्किदै थिए । कमला स्वयम् बिरामी भएको बुझिएको छ । लमही-७ बनघुस्री चोकमा पुगेपछी कमला सँगै सवार अन्य २ जना झर्नुपर्ने भएकाले एम्बुलेन्स रुक्यो । कमला बाहेक अन्य सवार २ जना अोर्लिए । उनी झर्ने स्टेसन अलि पर नै थियो ।

प्रत्यक्षदर्शी किशोर घर्तीका अनुसार एम्बुलेन्स रुकिएर चल्नेक्रममा पछाडीको ढोका आफै खुलेर उनी सडकमा पछ्छारेकि थिईन । ढोका खुलेर नलागेको अबस्थामा सोही ढोकामा कमला अडिएको हुनसक्ने प्रहरीको अनुमान छ । एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।।

प्रकाशित मितिः बिहिबार, भदौ ४, २०७७     11:46:40 AM  |