बैजनाथमा आधुनिक  चिल्ड्रेन पार्क बन्दै



कोहलपुर । 

बाँकेको बैजनाथमा आधुनिक चिल्ड्रेन पार्क निर्माण गरिने भएको छ । गाउँपालिकाको एक वडा, एक पार्क निती अन्तर्गत वडा नम्बर ६ को लालपुरस्थित गौंथली सामुदायिक वन उपभोक्ता समूहको प्राङ्गनमा आधुनिक चिल्डे«न पार्क निर्माण गरिने भएको हो । गाउँपालिकाको लागतमा उक्त पार्क निर्माण गर्न लागिएको बताइएको छ । पार्क निर्माणकै लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ९ लाख १५ हजार रकम विनियोजन गरेको थियो । गाउँपालिकाको ९ लाख १५ हजार र सामुदायिक वनको ३ साढे तीन लाख लागतमा पार्कको मुख्य प्रवेशद्वार निर्माण, फिल्ड सम्याउने र पार्कको चारैतिर घेरबार लगाउने काम गरिएको गौंथली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिल विश्वकर्मा जानकारी दिए । ‘गाउँपालिकाले आव २०७५/०७६ मा ९ लाख १५ हजार रुपैयाँ छुट्याएको थियो’ उनले भने, ‘यस बजेटबाट पार्कको गेट निर्माण, फिल्ड सम्याउने, घरेबार गर्ने कामहरु गरियो ।’ सामुदायिक वनको करिव १६ कठ्ठा जग्गामा निर्माण गरिने पार्कको डीपीआरसहित आधुनिक सुविधा सम्पन्न निर्माण गर्ने योजना रहेको उनले बताए । तर डीपीआर तयार गरेर निर्माण गर्ने नगर्ने भन्ने बारेमा गाउँपालिकाले निर्णय गर्ने उनको भनाई रहेको छ । गाउँपालिकाले बजेट विनियोजन गरे तीन वर्षभित्रै निर्माण सम्पन्न गरेर पार्क सञ्चालन गरिने अध्यक्ष विश्वकर्माले बताए । आधुनिक चिल्डे«न्न पार्कभित्र बालबालिकाहरुको मनोरञ्जनका लागि स्वीमिङ्ग पुल, चिप्लेटी, पानीको फोहोरा, झुला, विभिन्न खेल सामग्रीहरु, वालउद्यान, लगायतका भौतिक संरचनाहरु निर्माण गरिने बताइएको छ । यस्तै पार्कको चिनारीको रुपमा गौंथली चराको फोटोसहितको ठूलो स्तम्भ निर्माण गरिने छ ।

वडा नं.६ का अध्यक्ष भद्रबहादुर बस्नेतले आफ्नो वडामा पार्क निर्माणका लागि आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकाबाट ९ लाख बढी रकम छुट्याएर गेट निर्माण, घेरबार लगायतका कामहरु गरिएको बताए । गत वर्ष विविध कारणले बजेट विनियोजन गर्न नसकिए पनि यस वर्ष केहि रकम छुट्याएर व्यवस्थित बनाउने योजना बनाएको उनले बताए । तर यति बजेट छुट्याउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको उनले जानकारी गराए । ‘अघिल्लो आर्थिक वर्षमा केहि रकम छुट्याएर गेट निर्माण घेरबार लगायतका कामहरु गरेका छौँ । गत वर्ष रकम छुट्याउन नसकेपनि यो वर्ष केहि रकम विनियोजन गरेर व्यवस्थित बनाउने योजना छ तर कति छुट्याउने भन्ने बारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।’ अन्य कुनै संघ–संस्थाले सहयोग गरेमा लगानीका आधारमा वालउद्यानकै रुपमा विकास गर्ने योजना रहेको उनको भनाई थियो । पार्कको डीपीआर तयार गरेर निर्माण गर्ने भनियता पनि अहिलेसम्म कुनै पनि डीपीआर निर्माण नभएको उनले बताएका छन् । यस्तै गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले सरकारको एक वडा, एक पार्क नितीअनुसार चिल्डे«न पार्क निर्माण गर्न लागिएको बताए । बालबालिकाहरु विदाको समयमा आफ्नै वडामा रमाउन पाउनुपर्छ भन्ने उद्देश्यले पार्कको अवधारणाले ल्याइएको उनले बताए । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा पार्क निर्माणका लागि सवा करिव ९ लाख बढी रकम उपलब्ध गराएको उनले जानकारी गराए । गत वर्ष विधिध कारणले बजेट उपलब्ध गराउन नसकेपनि यो वर्ष पूरक बजेटबाट उपलब्ध गराउने योजना रहेको उनले बताए । कति छुटयाउने भन्ने बारेमा अहिले नै निर्णय भई नसकेको अध्यक्ष रुचालको भनाई छ । चिल्डे«न पार्क निर्माण भइसकेपछि बालबालिकाहरुले प्राकृतिक वातावरणमा विभिन्न मनोरम दृश्यहरु अवलोकन गर्न पाउने छन् । त्यसका साथै सामाुदायिक वनको आम्दानीको श्रोत बढ्ने र युवाहरुलाई स्वरोजगार बनाउने अपेक्षा गरिएको छ । यस्तै पार्क निर्माण प्रदेश ५ सरकारले पनि चासो देखाएको छ । आन्तररिक पर्यटनको सम्भावना भएकाले पार्क निर्माणमा प्रदेश सरकारले चासो देखाएको हो । चिल्डे«न पार्क नजिकै भ्यूटावर र मानसरोवर पार्क निर्माण भइरहेकोले उक्त क्षेत्र आन्तरिक पर्यटकहरुको रोजाई बन्ने देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २२ गते बिहीबार