ब्राउन सुगरसहित दुई पक्राउ



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले मंगलबार नेपालगञ्जको मसानघाटबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

१ ग्राम लागू औषध ब्राउनसुगरसहित पक्राउ पर्नेमा जानकी गाउँपालिका–६ का ३३ वर्षिय पुजारी हरिजन र सोहि ठाउँका २९ वर्षिय सुरेन्द्र तमौली रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

‘विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिन सफल भएको हो’ उनले भने, ‘उनीहरुको साथबाट १ ग्राम लागू औषध ब्राउनसुगर समेत बरामद गरेका थियौं ।’ दुवैजनालाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ७ गते बुधबार