लागू औषधसहित दुई पक्राउ



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जबाट प्रहरीले विभिन्न लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । लागू औषध ब्राउन सुगर र कोरेक्ससहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बाँके प्रहरीका नेपालगञ्ज उप–महानगरपालिका १५ पिपरहवामा चेकजाँच गर्ने क्रममा भारत उत्तर प्रदेश जिल्ला बहराईच थाना रुपैडिहा बस्ने बर्ष २५ को मुन्ताज अहिमद सिद्धिकी ४ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

बुधबार नै नेपालगञ्ज १० ट्राफिक चोक नजिक चेकजाँच गर्ने क्रममा नेपालगञ्ज ८ का २३ वर्षका राजु राईले चलाएर जमुनाहबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे ३ प ३४१२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकलमा पछाडि सवार नेपालगञ्ज ११ का ३० का अखिल अहमद जसगड ११ सीसी कोरेक्ससहित पक्राउ परेका हुन् ।

उनले रातो पलाष्टिकको झोलामा लुकाई छिपाई ल्याउँदै गरेका थिए । दुवै जनालाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १८ गते बिहीबार